एमसीसी आर्थिक सहयोगको विषय मात्र बनोस् : अध्यक्ष नेपाल

काठमाडौँ, ५ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) बारे साझा धारणा बनाउन प्रयास भइरहेको बताएका छन् । आज समाजवादी प्रेस संगठनले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दलहरुले तीन नेतालाई जिम्मेवारी दिएको भन्दै उनले देश हितको रक्षा गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘एमसीसीसँग जोडिएकाहरुले…