काठमाडौँ, १४ कार्तिक । प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी सरोज प्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति शर्माले आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । गत कार्तिक ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार राणा रथी दर्जामा पदोन्नति भएका थिए । रथी दर्जामा…