काठमाडौँ, २९ जेठ । संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेका रिटका विषयमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पाँच सदस्यीय संवैधानिक इजलास बुधबार दिनभर छलफलमा जुटेको थियो । न्यायाधीशहरूले च्याम्बरमा गहन छलफल गरेपछि सामान्यतया निर्णय सुनाउने गरिन्छ । तर बुधबार त्यस्तो भएन । कार्यालय समय सकिएपछि सर्वोच्च अदालतका प्रवक्ता अच्युतप्रसाद कुइँकेलले सञ्चारकर्मीलाई सुनाए, ‘निर्णय १८ असारमा सुनाउने तय भयो ।’ अध्यादेशमार्फत…