भक्तपुर, ५ भदौ । नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघले जिल्लाको ४५ सदस्यीय सूर्यविनायक नगरकमिटी गठन गरेको छ । शुक्रवार पार्टी कार्यालय सूर्यविनायकमा भएको नगरकमिटीको दोस्रो सम्मेलनबाट मञ्जु केसीको अध्यक्षतामा ४५ सदस्यीय कमिटीको घोषणा गरेको हो । जिल्ला पार्टी अध्यक्ष बचन देउजाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमले नगरसचिवमा गीता बस्नेतलाई छनौट गरेको छ…