माधव नेपालको पार्टीको नाम निर्वाचन आयोगद्वारा अस्वीकृत

काठमाडौं, ४ भदौ । नेता माधवकुमार नेपालको समूहले दर्ताका लागि निर्वाचन आयोगमा दिएको पार्टीको नाम अस्वीकृत भएको छ । नेपाल समूहले बुधबार ‘नेकपा एमाले (समाजवादीं)’ नामको पार्टी दर्ताका लागि निवेदन दिएको थियो । तर एमाले नामको पार्टी पहिले दर्ता रहेकाले यससँग मिल्दोजुल्दो नाम राख्न नपाइने भनेर आयोगले अस्वीकृत गरेको हो । नेपाल समूहले निर्वाचन आयोगमा…