राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ, १ भदौ । मुलुकको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा गर्न  सक्षम जनशक्ति तयार गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय  (एनडीयू)को  विस्तृत परियोजना  प्रतिवेदन  (डीपीआर) तयार भएको छ । काभ्रेको  पनौतीमा  सञ्चालन  हुने  सो  विश्वविद्यालय  सञ्चालन  गर्ने  सिलसिलामा  तयार  पारिएको विधेयकको मस्यौदा तयार भइसकेको नेपाली सेनाले जनाएको छ ।…