दलीय द्वन्द्वमा दबिएको कर्णाली प्रदेशसभा

सुर्खेत, ११ साउन । स्थापनाको दुई वर्षसम्म सत्तापक्ष–प्रतिपक्ष सहकार्यको अनुपम नमूना देख्न सकिन्थ्यो कर्णाली प्रदेशसभामा । प्रदेशसभाको रोष्टममा उभिएर प्रमुख नेताहरु भन्ने गर्थे, “कर्णालीको विकास यात्रामा हामी कोही पनि प्रतिपक्ष हुन्नौँ, हामी सबै मिलेर पिछडिएको प्रदेशलाई समृद्ध बनाउने हो ।” सत्तापक्ष–प्रतिपक्ष सहकार्यबाटै प्रदेशसभाको पहिलो अधिवेशनका शुरुका बैठकहरुबाटै प्रदेशको नामकरण र राजधानीको टुङ्गो लाग्यो अन्य प्रदेशभन्दा अगाडि…