काठमाडौँ जिल्ला प्रशासनद्वारा बजार अनुगमन: ६८ जनालाई जरिवाना

काठमाडौँ, ६ भदौ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरूलाई पुनः सचेत गराएको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेले नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारालगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न त्यहाँका व्यापारीहरूलाई सचेत…