ढुंगा, गिट्टी उत्खनन रोक्न सर्वोच्चको आदेश

काठमाडौँ, १९ साउन । सर्वोच्च अदालतले देशभरका कानुनविपरीत नदीबाट ढुंगा, गिट्टी उत्खनन् नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सातवटै प्रदेशका विभिन्न नदीमा नदीजन्य पदार्थको अनियन्त्रित दोहन भएकाले यसलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । ढुंगा, गिट्टी, बालुवा विदेश निकासी गर्ने सरकारको बजेट वक्तव्यको बुँदा १९९ कार्यान्वयन…