कर्णाली, ११ साउन । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्थापन गर्ने बताएका छन् । संवाद समूहद्वारा वीरेन्द्रनगरमा कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरिएको कार्यक्रममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका हुन् । औषधि र जनशक्तिको अभावमा कर्णालीका नागरिकले सेवाबाट वञ्चित नहुने जनाउँदै मन्त्री बुढाक्षेत्रीले सबैभन्दा…