आफ्नै रेल ल्याएको १० महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण आज हुँदै

काठमाडौँ, ३ साउन । नेपालले आफ्नै रेल ल्याएको करिब १० महिनादेखि थन्किएको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ आज परीक्षण गरिँदैछ । नेपालको एक मात्र रेलमार्ग जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि रेल्वे ट्रयाकमा आजबाट ट्रयाक स्पीड परीक्षण गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो । यो परीक्षण भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा…