काठमाडौँ, १२ असार । राष्ट्रिय सभाको बर्खे अधिवेशनमा बैठक बस्नका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आगामी १७ गतेदेखि आह्वान गरेपछि संसद् सचिवालयले बैठकको आवश्यक तयारी गर्न लागेको हो । कोरोनाको नयाँ भेरियन्टका कारण जोखिम भइरहेकाले त्यसलाई ध्यानमा राख्दै बैठक सञ्चालन गर्ने तयारी गरिएको छ ।…