काठमाडौँ, १३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना आन्तरिक गुट भत्कँदै नयाँ समीकरण निर्माणतिर अग्रसर हुन थालेको छ । पार्टी महाधिवेशन हुने निधो भएपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः दोहोरिने घोषणा…