काठमाडौँ, ८ साउन । काठमाडौँ उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । कोरोना संक्रमण दर पछिल्लो केही दिनयता बढ्दै गएका कारण निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । यसका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच अनौपचारिक छलफल समेत भइरहेको छ । अन्तिम निर्णय भने आइतबार हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारीले बताए…