कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

काठमाडौँ, १९ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई कार्यवाहक राष्ट्रपति तोकिएको जानकारी राष्ट्रिय सभालाई गराइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जापानको औपचारिक भ्रमणमा गएका कारण कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी यादवलाई तोकिएको जानकारी प्राप्त भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभालाई जानकारी गराएका हुन् । नेपाल र जापानबिचको कुटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति…