काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउन नहुने बताएका छन् । आज काठमाडौँमा नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा दलको तर्फबाट धारणा राख्दै उनले राजनीतिक दलले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने बताएका हुन् । दलहरूले लामा घोषणापत्र…