देश बनाउने दूर दृष्टिका साथ गगन थापा मुलुकको नेतृत्व गर्न तयार: उपसभापति शर्मा

झापा, १९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका छन् । झापा निर्वाचन क्षेत्र नं. १ मा आइतबार भएको क्षेत्रीय कार्यकर्ता भेलामा उपसभापति शर्माले देश बनाउने दूर दृष्टि भएका कारण पार्टीले सभापति थापालाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको बताए । “नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति…