भक्तपुर, २० मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले कहिल्यै निर्वाचनबाट नभागेको र भविष्यमा पनि नभाग्ने स्पष्ट पार्नु भएको छ । शुक्रबार नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ११ औँ राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धी जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको लागि निष्पक्ष, सुरक्षित र जनआस्थायोग्य वातावरण बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो ।…