काठमाडौँ, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको संघीय सरकारमा सहभागिताको प्रत्यक्ष असर प्रदेश २ सरकारमा पर्ने देखिएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष पूर्वराजपा धारका मन्त्रीलाई हटाएर तत्काल प्रदेश सरकार पुनर्गठन गर्ने तयारीमा रहेको उनीनिकट स्रोतले जनाएको छ । प्राविधिक रूपमा एक भए पनि व्यावहारिक रूपमा पार्टी विभाजन भइसकेकाले…