काठमाडौँ, ३ असार । काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टिकृत सेवासहितको सुविधा सम्पन्न १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गर्नुभयो । नीति तथा कार्यक्रममा कोभिड-१९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य,…