काठमाडौँ, २३ वैशाख । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई भेटेका छन् । निकटका नेताहरूसहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गर्न आग्रह गरे । एमाले र कांग्रेस नमिलेसम्म प्रतिनिधिसभाले नयाँ सरकार दिन नसक्ने जनाउँदै ओलीले सहकार्यका लागि प्रस्ताव…