खनाल–नेपाल पक्षका सबै सांसदले राजीनामा दिने

काठमाडौँ, २६ वैशाख । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो । पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको…