काठमाडौँ, १७ जेठ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यससम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशन प्रसारण गरेको सरोकारवालाले बताएका छन् । युरोपोर्टर अनलाइनको मे १८, २०२१ को संस्करणमा कोलिन स्टेभेन्सले नेपाल–चीन सिमानाको ६० नम्बर पिलर हराएको विषयमा समाचार प्रकाशित गरेका छन् । त्यसअघि, अन्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत सोसम्बन्धी…