एमालेबाट वैधानिक रुपमा छुट्टिने नेपाल समूहको तयारी

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल माधव कुमार नेपाल समूह आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुगेको छ । ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय समितिमा मनोनयनलगायतका सबै खनाल समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार छिनोफानो गरिदिन आयोगलाई निवेदन दिएको हो ।…