भारतसँग समाधान गर्न नसकिने समस्या छैनन् : मन्त्री ज्ञवाली

काठमाडौँ, ३ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच देखिएका समस्या समाधान गर्न नसकिने नरहेको उल्लेख गर्दै दुवै देशकीको आपसी समझदारीमा हल गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्यालगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो,…