काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिको भाषाप्रति आपत्ति जनाउनुभएको छ । सभापति देउवाले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधिसभा विघटन गरिदिएको भन्दै विज्ञप्ति निकाल्नुभएको थियो । सभापति देउवाको विज्ञप्तिको भाषामा राष्ट्रपतिलाई आदरार्थी शब्द…