काठमाडौँ, २७ फागुन । संसद् अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेशहरू पेस हुनुपर्ने संवैधानिक बाध्यता छ । तर, बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि ६ अध्यादेश पेश नहुँदा त्यसको अवस्था के हुने भन्ने अन्योल उत्पन्न भएको छ । संविधानको धारा ११४ (२) को स्पष्टीकरण खण्डमा सरकारले जारी गरेका अध्यादेशहरू संघीय संसद्को दुवै वा अलग–अलग अधिवेशन प्रारम्भ…