पूर्वप्रधानमन्त्री खनाल दिल्ली प्रस्थान

काठमाडौँ, ३० माघ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिल्ली प्रस्थान गरेका हुन् । पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य जाँचका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ ।