काठमाडौँ, ८ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिहंदरबारका विभिन्न मन्त्रालय परिषद्भित्र सञ्चालित क्यान्टिनको अनुगमन गरी कारबाही थालेको छ । विभागको अनुगमन टोलीले शुक्रबार सिंहदरबारको केन्द्रीय क्यान्टिनसहित अर्थ मन्त्रालय र आफ्नै तालुकवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिषद्मा सञ्चालित क्यान्टिनको अनुगमन गरेर आवश्यक मापदण्ड पालना नगर्नेलाई कारबाही थालेको हो । तालुकवाला वाणिज्य मन्त्रालय परिषद्मा रहेको…