काठमाडौँ, १० फागुन । मेलम्ची खाने पानीको साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको छ । आज खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणमा खानेपानी मन्त्री मणिचन्द्र थापा, नेता शेरबहादुर तामाङलगायतका पदाधिकारीहरू आयोजनास्थल मेलम्चीमा पुगेर परीक्षण सुरु गरेका हुन्…