काठमाडौँ, १७ माघ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले देश केपी ओलीमय भएपछि प्रचण्ड माधव समुह चुनावबाटै तर्सिएको बताएका छन । नेकपा अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले राष्ट्रियताको रक्षा, विकास र समृद्धिको लागि ओलीले खेलेको भूमिकाका कारण देश ओलीमय भएको बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले दोस्रो पटक…