काठमाडौँ, २७ फागुन । संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेससहितको सरकार गठन गर्न जसपाको साथ खोजेका हुन् । जसपाले भने दुवै पक्षसँग आफ्नो माग सम्बोधन हुने ग्यारेन्टी खोजिरहेको छ । रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको…