काठमाडौँ, २४ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको यात्रालाई लक्षीत विन्दुमा पुर्याएर छाड्ने उद्घोष गर्नुभएको छ । आज सुदुरश्चिमको धनगडीमा आयोजित विशाल भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले देश र जनताको लागि केही न केही गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । पार्टी भित्रको आन्तरिक विवादका कारण बाध्यताबस प्रतिनिधिसभाको विघटन गर्न पुग्नुभएका प्रधानमन्त्री…