मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

गलकोट, १ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना सङ्क्रमितको उपचार गराइराखेको धवलागिरि अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मङ्गलबार साँझ अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिनुभएको थियो । अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको भन्दै मुख्यमन्त्री गुरुङ अस्पताल सुधारका लागि पटकपटक निरीक्षणमा आउने गरेको धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष…