काठमाडौँ, २२ मंसिर । कोरोना उपचारमा सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही अस्पतालले बिरामी र स्वास्थ्य मन्त्रालय दुवैबाट शुल्क लिएको गुनासो आएको जानकारी दिएका हुन् । ‘सेवाग्राही र स्वास्थ्य मन्त्रालयसँग दोहोरो शुल्क लिएको भन्ने जनगुनासो आइरहेको छ,’ प्रवक्ता गौतमले भने…