काठमाडौँ, २८ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएको अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले सूर्य चिन्ह र आधिकारिकता नपाउने भएका छन । प्रचण्ड र नेपाल समूह सोमबार निर्वाचनको तयारीको काम अघि नबढाउन आग्रह गर्दै आयोगमा पुगेका उनीहरुलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको बिधान, बैठक बोलाउने बैधानिक ब्यवस्था…