काठमाडौँ, १३ पौष । नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ अब विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ । महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भनेर सरकारले लागू गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत…