राजनीति

संसद विघटनबारे अदालतको निर्णय कांग्रेसलाई मान्य हुन्छ: सभापति देउवा



काठमाडौँ, १३ पौष । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताउनुभएको छ ।

संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएको बताउनुभयो । सभापति देउवाले यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर् नभन्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।’

अदालतको फैसला नआउँदासम्म संसद विघटनको विरोधमा आन्दोलन गरिराख्ने बताउँदै उहाँले कांग्रेसले एक्लै आन्दोलन गर्ने जानकारी दिनुभयो ।