काठमाडौँ उपत्यकामा थप १६९८ जनामा कोरोना पुष्टि

काठमाडौँ, २ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६९८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४६९, भक्तपुरमा ९९ र ललितपुर १३० गरी १६९८ जनामा संक्रमण पुष्टि भएको हो ।