नेकपाको नाम, विधान, चिह्नको निरुपण गर्ने अधिकार आयोगलाई

काठमाडौँ, ८ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबीच दलको नाम, विधान, चिह्नलगायतका विषयमा उठेको विवाद निरुपण गर्ने अधिकार निर्वाचन आयोगलाई हुने कानुनमा स्पष्ट गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ मा कुनै पार्टीका दुई वा दुईभन्दा बढी समूहबीच दलको नाम, विधान, चिह्नलगायतका विषयमा विवाद उत्पन्न भएमा त्यसको छिनोफानो गर्ने अधिकार…