काठमाडौँ, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन । आज नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन ।…