काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी ६१८ जनामा संक्रमण पुष्टि भएको हो ।