लण्डन, २ मंसिर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । लण्डनस्थित स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गर्नुभई उक्त…