काठमाडौँ, २४ भदौ । कांग्रेसमा गुटका बैठक निरन्तर चलिरहे पनि शीर्ष तहमा संवादहीनता देखिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संवाद नभएको दुई महिना भयो । अनौपचारिक बैठकसमेत भएको छैन । न केन्द्रीय कार्यसमिति वा पदाधिकारीको बैठकै बसेको छ । महाधिवेशन नजिकिएसँगै ‘जुम’मा दैनिकजसो कार्यकर्तासँग घण्टौं संवादमा बिताइरहेका शीर्ष नेता पार्टीभित्रको बढ्दो…