काठमाडौँ, ५ भदौ । त्रिवि शिक्षण अस्पतालको आईसीयूबाट केही दिनअघि मात्रै जनरल वार्डमा सारिएका बिरामीका एक कुरुवालाई प्रहरीले जोरपाटीबाट अस्पतालसम्म आउन दिएन । खाना बोकेर अस्पताल जान खोजेका उनलाई सडकमा खटिएको प्रहरीले रोकेपछि कोठामै फर्किए । निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीद्वारा बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा ‘होल्डिङ जोन’ मा राखिएका बालक । उपत्यकामा निषेधाज्ञा जारी गरिएको पहिलो दिन…