काठमाडौँ, ६ असोज । नेकपाको सचिवालय बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे १२ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ । संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि…