राजनीति

बुद्ध एयरले आजबाट १२ गन्तव्यमा उडान भर्ने (सूचीसहित)



काठमाडौँ, ५ असोज । नीजि क्षेत्रको बुद्ध एयरले आजबाटै सबै गन्तव्यका लागि टिकट लिएका यात्रु बोकेर नियमित उडान सुरु गर्ने भएको छ ।

सोमबारदेखि आन्तरिक उडान नियमति रुपमा सञ्चालन हुने भएपछि सबै तयारी सकिएको जनाएको छ । बुद्ध एयरले यसअघिका १३ गन्तव्यमध्ये गरे पनि तत्कालका लागी१२ गन्तव्यमा मात्रै उडान गर्ने छ । राजविराजमा भने अहिले उडान नगरिने बताइएको छ ।

विराटनगर–पोखरा, काठमाडौँ–विराटनगर,काठमाडौँ–भरतपूर,काठमाडौँ–भद्रपूर, काठमाडौँ–भैरहवा र काठमाडौँ–नेपालगञ्ज उडान गर्दै आएको थियो । यस्तै काठमाडौँ–धनगढी, काठमाडौँ–सुर्खेत, काठमाडौँ–जनकपूर र काठमाडौँ–सिमरा पनि बुद्धले उडान गर्दै आएको छ । यसबाहेक पोखरा–भैरहवा र पोखरा–भरतपूरको उडान पनि बुद्धले गर्दै आएको छ ।

अहिले तत्काललाई डिमाण्ड एण्ड सप्लाईको आधारमा यात्रुको संख्या धेरै भएका गन्तव्यमा उडान हुने कम्पनीले जनाएको छ ।