काठमाडौँ, २६ असार । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई एवम् शुभकामना दिएका छन । आज प्रहरी प्रधान कार्यालयमा भेटघाट गरी प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाइ दिएका हुन । उक्त अवसरमा प्रधानसेनापति थापा…