काठमाडौँ, ११ भदौ । वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ । इन्टरनल विभागका एक चिकित्सकलाई साउन २२ गते कोरोना पुष्टि भएको थियो । त्यसयता ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार बुधबार मात्रै नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना पुष्टि भएको छ ।…