सांसद सिटौलाले लिइन पद तथा गोपनियताको सपथ

काठमाडौँ, १४ साउन । जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले पद तथा गोपनियताको सपथ लिएकी छिन् । बुधबार दिउँसो प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको प्रतिनिधिसभाको समानुपातिकमा नवनिर्वाचित सांसद सिटौलालाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् । गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त…